Poetry
Love Letter ?
The characters and events in this Flash Fiction are imaginary. Any similarity to actual persons, living or dead, is purely coincidental. · February 11, 2018
समर्पण के हो थाहा त छैन मलाई तर आज मेरा सास तिम्रा लागि समर्पित छन्,यो कलमले दुई धर्काको दायरामा रहेर कोरेका हरेक संरचनाहरू तिम्रा लागि समर्पित छन् अनि प्रेमी भन या पागल,नामकरणको हक तिमीलाई नै दिएको यो एक्लो मान्छेको भरपुर दुनिया तिम्रै लागि समर्पित छ । सर्बप्रथम त माफ गर्देउ मलाई,तिमीलाई थाहै नदिई आफ्नो संसारको मालिक बनाएछु तर माफीको हकदार त म पनि छु है आखिर मलाई आफ्नो दुनियाको गुलाम जो बनायौ। मेरो माया तिम्रो सुन्दरताको गुलाम भएर मलाई केहि आपत्ति छैन बस् मायालाई मेरो ती कपडामा बसेका धुलोका कण नबनाईदेउ जुन एक फट्याकमा तिम्रो सामीप्यबाट टाढियोस् र तिम्रो जिन्दगीबाट बिलाओस्। माया मेरो त्यो बिशाल समुद्र हो जुन तिम्रा एक एक नजर र एक एक मुस्कानहरू सङ्कलन गरेर बनेको छ, माया मेरो त्यो आगनको दुबो हो जुन जति चोटी संहार गरेपनि फेरि पुरानै आशका साथ नया हागो लिएर पलाउछ र माया मेरो त्यी आकाशका तारा हुन् जुन तिमीले दिनको ब्यस्थतामा देख्दिनौ तर रातको सुन्यतामा अवश्य आभास हुनेछ।
तिम्रो सम्झना पनि गरिबको बस्तीको साहु जसरी म गरिबको मनको ढोकामा बारम्बार घच्घचाईरहन्छ आखिर तिम्रा यादहरूको ऋणी जो छु तर म त्यो गरिब हु जसले तिम्रा सम्झनाहरूलाई आफै भित्र मेहफुज राख्न यो दिल तिम्रो नाम गर्दियो र म त्यो गरिब हु जसको चुल्होमा ढिढो र गुन्द्रुक पाक्दैन, पाक्छ त केबल तिम्रा सम्झनाहरूको मीठो खिचडी आखिर त्यही भएर त म जिवित छु नत्र एकादेशको कहानी बनेर तिम्रो जिन्दगीबाट उहिल्यै बिलिन भइसकेको हुन्थे। मलाई तिम्रा सम्झनाहरूले जिवित राखेका छन्, म अब दह्रो हुन चाहन्छु, अटल हुन चाहन्छु। के तिमी मेरो हृदयको अजुलीमा मायाको बर्सात गर्न सक्छेउ ?
म तिम्रो मायाले पागल हुन चाहन्छु अनि तिमी यस धर्तीमा रहुन्जेलसम्मलाई अमर हुन चाहन्छु। अनि सुन न मैले कल्पनाको सहरमा एउटा सुन्दर महल बनाएको छु जहाॅ तिम्रा र मेरा प्रेमका प्रसङ्गहरूको छलफल हुन्छ, जहाॅ तिम्रो र मेरो डेटिङ्ग स्थान चयन गरिन्छ जहाॅ मेरो काखलाई सिरानी बनाएर तिमी पनि तिम्रो र मेरो सपना देखिरहेकी हुन्छौ र तिम्रा खुल्ला कपालसॅग म खेलिरहेको हुन्छु। म पनि कस्तो बुद्धु छु हेर न तिम्रो मायालाई मेरो महलको चाबी बनाएछु। के तिमी मेरो मायाको महल, तिम्रो मायाको चाबीले खोल्न तयार छौ?
मलाई अझै पनि याद छ तिमीले मसॅग Romeo र Juliet को बारेमा गरेका कुराहरू, मलाई अझै याद छ मदनको अभाबमा मुनाले भोगेका अफ्ठ्याराहरूका ती बयानहरू। माया, तिमीले पनि सुन्यौ र मैले पनि सुने, प्रेमी र प्रेमीकाको धेरै कहानी सुनियो, के तिमी र म मिलेर हाम्रो आफ्नो कहानि नबनाउने?? जहाॅ हासिरहेको म हुन्छु र मुस्कुराई रहेकी तिमी हुन्छौ अनि हाम्रा छोरीहरू श्रेया र सिम्रन ।
Poetry comments
Google sign-in required to participate.
No comments yet — be the first!