SB
Back to poetry

Poetry

परिवेश-समय

Oblivion. · April 29, 2024

आखिर बद्लियो कुन र दोष पायो कसले?
पग्लियो कुन, खै जलायो कसले?
छ सुन्दर - छ सालीन
यो ‌‌‍‍‍‍सृष्टिकाे फल, खै फलायो कसले?
निसर्गमा कहिले समय हराउछ
समयसँग कहिले प्रकृति डराउछ
तर आज यो सालीनतालाई चलायो कसले?

अपराध भए सुन्दर समयको अपेक्षा
सारा ब्रह्माण्डको दोष म लिन्छु
कसुर बनी निस्किए, धैर्यताको नतिजा
हरेक असफल प्रयास म किन्छु
तर नसोच्नु श्रापित, समय या परिवेश
यो निश्क्रिय तुलनामा पुरस्कृत म हुन्छु
म छुन्छु दैवका कण्ठ सबै
मिलाएर सुमधुर यो कविता बुन्छु
बुझ्छौ भने भाव यी संरचनाहरुको
मन खोलेर अमिला सत्यहरु भन्छु।

कहानिको अन्त्य सुरुवातमा हुन्छ
जब विश्वासको दियो मन्द बल्छ
बन्द हुन्छ सबै संभावनाहरु
जब भावनासँग आफ्नै द्वन्द चल्छ
आनन्द झरिको त्यो बुलन्द गर्जन
जब आएर अचानक गर्धन चुम्छ
खुम्चन्छ मन काम्छ अंग
जब सपनाका बादल हुन्छ भङ्ग
दङ्ग पर्दै समय मसँग भाग्छ
दुर देखी फेरी सन्तुलन डाक्छ
लाग्छ समय लिपी हो कसैको
मुस्कान भर्न स्वीकृति माग्छ।

चिनाइदेउ मालिक यो समय बनाउने
को हो महामहिम यो परिवेश खेलाउने
क्षमा माग ए भाविको लेखक
उदार छ आज यो कलम चलाऊने ।

Provide Firebase credentials via NEXT_PUBLIC_FIREBASE_* env vars to enable Comments.