SB
Back to poetry

Poetry

गुलाम

Allured. · May 24, 2020

पानीले रुझायो
अनि फेरी घामले सुकायो
तै पनि तिम्रो सुगन्ध शरीरबाट जानै मान्दैन
अह मान्दैन जान त्यो अत्तरको सुगन्ध
जुन आजकल दुर्गन्धित भै मेरो नाकमा फैलन्छ
अनि चसक्क, मुटुमा गएर ठोकिन्छ
मान्दै मान्दैन जान त्यो लालीको सुगन्ध
जुन आजकल दुर्गन्धित भै मेरो मुखमा फैलन्छ
अनि फेरी मुटुमै गएर ठोकिन्छ
किन मान्थ्यो झन जान तिम्रो त्यो प्राकृतिक सुगन्ध
जुन मेरो शरीरमा ठोकिन्छ अनि मुटुभरी फैलन्छ।

हो, आजकल तिमीले भन्दा मलाई तिम्रा सुगन्धहरुले सताउछन
मार्छन मलाई प्रत्यक क्षण तिम्रो तस्बिरबाट
परावर्तित भएका सुर्यका किरणहरुले
अनि ब्युत्याउछन फेरी थाहै नपाई तिम्रा सम्झनाहरुले
मुटुले त भुलिसक्यो तिमीलाई
सम्झन्छन आजकल तिमीलाई मेरा फोक्सो र Kidneyहरुले
शायद मैले केही बिगार गरे कि ?
आजकल मेरै अङग मेरा भन्दा बढी तिम्रा भएका छन
म त सधैं तिम्रो नै त थिए
आखिर किन गरेउ गिरफ्तार मेर इन्द्रियहरु ?
जुन आजकल मेरा मालिक भन्दा बढी, तिम्रा गुलाम भएका छन ।

Provide Firebase credentials via NEXT_PUBLIC_FIREBASE_* env vars to enable Comments.