SB
Back to poetry

Poetry

सुन्दरता

Epiphany. · June 6, 2025

सुन्दरता,
जब जब सुन्दर शब्दहरु खोज्छु
म अनेकौ कुरुप सोचहरु भेट्छु
कहिले मेट्छु लेखेका वाक्य पनि
कहिले शब्दहरु मिलाएर शब्द छेड्छु
न आधा न पुरा
यो शब्दको खेलमा म "dead" छु
जिन्दगिको नशामा जिवनको पिठ्यु चढेर
"Twisted thought" हरु फेक्छु
तिम्रो गलाको पासोमा म
यो कलाको आनन्द भेट्छु
एकछिन समय देउ मलाई
तिम्रा सङ्कुचित बिचारलाई मेरा फराकिला अहमले रेट्छु।

कलमले लेखेको कि आखाले देखेको
खै केलाई सत्य मान्नु
समयमा भेटेको कि समयले छुटेको
खै केलाई आफ्नो ठान्नु
अन्योलताले बेरिएको भुमरि भएको छ
के सहि के गलत म कसरी जान्नु ?
कसरी छान्नु राम्रो र नराम्रो ?
कि फेरि पनि अन्ध्यारोमा ढुङ्गा हान्नु?
शब्दको युद्धमा मेरो वीरगति हुदा
तिमी एक म शुन्य, कसरी मान्नु?

खै तान्नु पनि कसरी यी आखाका पट्टी
आफ्नो नजरसँग कहिले आफै लुक्छु
मानव वस्त्रमा भएर होला
बेतुकको कुरामा चु्क्छु
अनि झुक्छु तिमीसँग
गल्ति बोध गरेर, साहस बोकेर उठ्छु
सुन्दरता सायद यो सहितको जिन्दगी हो
म बेफ्वाकमा जिन्दगीसँगै जुध्छु
त्यसैले त साथी
जब जब सुन्दर शब्दहरु खोज्छु
यिनै अ-सुन्दर सोचमा सुन्दरता पोत्छु।

Provide Firebase credentials via NEXT_PUBLIC_FIREBASE_* env vars to enable Comments.