SB
Back to poetry

Poetry

रवि

Superluminal. · July 14, 2022

रवि
यो कबिलाई जानदेउ
तिमी भन्दा पनि टाढा
नपछ्याउ मलाई
कही कतै गएर बाटो बिराए भने पनि
तिम्रो छविले नसच्याउ मलाई
तिम्रो उज्यालोको आढमा निर्धक्क आँखा बन्द गरेर
धेरै अन्ध्यारो सपनाहरु देखे रवि
एकछिनलाई सास नफेर्नु तिमी
मलाई,
आँखा खोलेर सपनाको त्यो पार जान दिनु तिमी
बुझ्न दिनु
बन्द आँखाका ती विचित्र चित्रहरु म भित्र छन कि छैनन
मलाई जान्न दिनु रवि
सपनामा भाग्दा भाग्दै रोकिएका ती पाइलाहरु
बिपनिमा फेरी भाग्न सक्ने हुन कि हैनन्
एकछिनको लागि नचम्किनु तिमी
म आँखा खोलेर मेरा सपनाहरु केलाउछु
आज नरन्किनु तिमी, तिमीलाई आफ्नो आँखा भित्र सेलाउछु।

Provide Firebase credentials via NEXT_PUBLIC_FIREBASE_* env vars to enable Comments.