SB
Back to poetry

Poetry

बियोग

Irresolution. · October 3, 2022

म तृप्‍तिएर या रित्तिएर
बियोगको धुन सुनाउदैछु
म सम्हालिएर या सिद्धिएर
अतितको काध समाउदैछु
उठ्नलाई, जुट्नलाई
या फेरी पनि फुट्नलाई
म लुट्दैछु मनको चैन
या बेचैन भएर सुत्दैछु
म कुद्दैछु या जुद्दैछु
आफ्नै सोचहरुसँग
यो जिन्दगीको लडाईंमा
कस्तो दौड दौडिरहेछु
या सिर्फ पौडिरहेछु म, मनका छालहरुसँग
घिस्रिदै, ठोक्किदै आफ्नै हालहरुसँग
आज बेहालको जिन्दगी अंकमाल गर्दै मुस्कुराइरहेछु
मनको चन्द्रमा गुमाएर
त्यो आकाशको चन्द्रलाई जिस्काइरहेछु
हो यी कुण्ठित बाणी फुस्काइरहेछु
आँफैले सुन्नलाई या सुनाउनलाई
अन्जान छु खै कस्तो गीत गाइरहेछु ।

Provide Firebase credentials via NEXT_PUBLIC_FIREBASE_* env vars to enable Comments.