SB
Back to poetry

Poetry

बिनाश

apple of the eye or thorn in the flesh? · April 12, 2021

म अब भन्छु कि तिमीलाई
नसम्झिनु मलाई
तिम्रा यादहरुका कुनामा बसेर पर्खिनु छैन
तिमी नसम्झिनु अब कि
कुनै दिन म पनि तिम्रो आँखामा थिए
गाजल बनेर सजिन त सकेको थिन होला
तर कसिङ्गर नबन्ने मेरा थुप्रै प्रयासहरु थिए
त्यसैले त भन्दैछु म,
नसम्झिनु तिमी ती भुलहरु
जुन जानेर गरेको थियौ
ती भुललाई एक चोटि भुलेरै सहि
बस हटाइदिनु यादबाट
मेटाइदिनु हर पलका सुनौला क्षणहरु
अनी छाती फुलाएर भन्नु तिमी
को थियो कुन्नी त्यो जसलाई सम्झन त सक्दिन
तर बिर्सन नसक्ने छाप छोडेर गयो ।

Provide Firebase credentials via NEXT_PUBLIC_FIREBASE_* env vars to enable Comments.