Acceptance.

म भित्र ईश्वर छ
म भित्र दानव छ
त्यसैले सायद मनमा डर भयानक छ
कहिले लाग्छ भगवान बनेर सबै सहि दिउ
कहिले सोच्छु राक्षस उचालेर परलोक गईदिउ
जीवनको यात्रा रे तर गन्तव्यहीन यात्री म
अन्यौलतालाई रस मानेर खोक्रो हृदयको रगत पिदिउ

तर, कायरताको पाठ मैले पढेको छैन
असफलताको काँधमा कहिल्यै लडेको छैन
ल‌‌डेँ त केवल आफुलाई आफ्नो बनाउन
म अझैपनी दलदलको खाल्डोमा गडेको छैन
कहिले, सिकौला समयबाट, कहिले सिकाउला समयलाई
तर समयको अर्थ नबुझेर सडेको छैन

हो, पल घडीको जोखनामा भुल अनेक भेट्छु
जिन्दगीको जहाजको पाइला कभिकबार आँफै मेट्छु
म छेड्छु यी गलाका पासोहरुलाई
सोचमा धार लगाएर गाठो आँफै रेट्छु
न देव ठानी न असुर मानि , म जिन्दगीका कसुरहरु एक मानव बनी भेट्छु।

Share: Twitter Facebook LinkedIn