रवि

Superluminal.

रवि
यो कबिलाई जानदेउ
तिमी भन्दा पनि टाढा
नपछ्याउ मलाई
कही कतै गएर बाटो बिराए भने पनि
तिम्रो छविले नसच्याउ मलाई
तिम्रो उज्यालोको आढमा निर्धक्क आँखा बन्द गरेर
धेरै अन्ध्यारो सपनाहरु देखे रवि
एकछिनलाई सास नफेर्नु तिमी
मलाई,
आँखा खोलेर सपनाको त्यो पार जान दिनु तिमी
बुझ्न दिनु
बन्द आँखाका ती विचित्र चित्रहरु म भित्र छन कि छैनन
मलाई जान्न दिनु रवि
सपनामा भाग्दा भाग्दै रोकिएका ती पाइलाहरु
बिपनिमा फेरी भाग्न सक्ने हुन कि हैनन्
एकछिनको लागि नचम्किनु तिमी
म आँखा खोलेर मेरा सपनाहरु केलाउछु
आज नरन्किनु तिमी, तिमीलाई आफ्नो आँखा भित्र सेलाउछु।

Share: Twitter Facebook LinkedIn