भगवान

A-thiest?

भगवान, तिमी छौ कहाँ ?
अद्रिश्य बनी बस्छौ कहाँ ?
हृदय छ जहाँ, त्यहा तिमी छौ रे
यो छरिएको मनलाई तिमी राख्छौ कहाँ ?
मन्दिर या मस्जिद तिमी नाउ देउ एउटा
चर्च या गुम्बा तिमी ठाउँ देउ एउटा
हरेक अफ्ठ्यारा गन्तब्य चुम्न तयार छु
आशाका आलोकसँगै घुम्न तयार छु
म जम्न तयार छु
तिम्रा गीत संगीत सँगै रम्न तयार छु
बस यो माथा ठोक्नलाई पाउ देउ एउटा

म तिम्रो सिस्य हुँ, अन्योलता हैन गोरेटो देखाउ मलाई
तिम्रा अनेकौ version हैन भगवान
तिम्रो असली भजन देउ मलाई
छिप्पिएको रात पछी नबिन बिहानी आउछ,
बचन देउ मलाई
म माथि भासन हैन
तिम्रा ठेकेदारहरुको आश्वासन हैन
बरु तिम्रो शासन चलाऊ
सक्छौ भने,
तिमीले मलाई बनायौ या मैले तिमीलाई,
यो सत्य खुलाउ ।

Share: Twitter Facebook LinkedIn